नेपाली काँग्रेस कञ्चनपु-१ मा गोपी प्रसाद उपाध्यायको उदय : स्थायित्व र विकासको प्रतिबद्धता

बेलडाँडी । नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोपी प्रसाद उपाध्याय विद्यार्थी राजनीतिबाट उदाएका जुझारु, इमान्दार र कर्मठ नेताका रूपमा परिचित छन्। लामो राजनीतिक यात्रामा उनले संगठन सुदृढीकरणसँगै विभिन्न सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै जनतामाझ भरोसाको छवि निर्माण गरेका छन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा अनुशासन, निष्ठा र संगठनप्रतिको समर्पणले भरिएको छ। दुई कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै उनले पार्टीलाई एकताबद्ध र सशक्त बनाउने काममा महत्वपूर्ण योगदान दिएका छन्। पार्टीभित्र स्वच्छ छवि र स्पष्ट विचार राख्ने नेताका रूपमा उपाध्यायलाई काँग्रेस वृत्तमा सम्मानका साथ हेरिने गरिएको छ।

विशेष महाधिवेशनपछि गगन थापा सभापतिमा निर्वाचित भएसँगै पार्टीमा देखिएको ऊर्जा र रूपान्तरणको लहरले उपाध्यायजस्ता युवा-केन्द्रित सोच भएका नेताको भूमिकालाई थप मजबुत बनाएको काँग्रेस स्रोत बताउँछ। परिवर्तन, पारदर्शिता र सुशासनको एजेन्डालाई आत्मसात् गर्दै उनी मतदातामाझ विकास र स्थायित्वको स्पष्ट खाका लिएर अघि बढेका छन्।

स्थानीय आवश्यकता र जनभावनालाई नजिकबाट बुझेका उपाध्यायले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सद्भाव, युवाको रोजगारी र पारदर्शी शासन प्रणालीमार्फत कञ्चनपुर-१ लाई नमुना निर्वाचन क्षेत्र बनाउने उनको संकल्प छ।

इमान्दार नेतृत्व, स्वच्छ छवि र निरन्तर सामाजिक सक्रियताका कारण गोपी प्रसाद उपाध्यायलाई यसपटकको निर्वाचनमा विश्वासिलो विकल्पका रूपमा हेरिएको छ। लोकतान्त्रिक मूल्य-मान्यता र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धतासहित उनले मतदातासँग समर्थनको अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित