दार्चुलाका सीमा नाकामा निगरानी बढाइयो

जिल्लामा अहिले लाली जोलजीवी दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ ।
दार्चुलाका सीमा नाकामा निगरानी बढाइयो

दार्चुला । चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं।४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो ।

 

चुनावको मौका छोपेर तस्करी र आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले जानकारी दिए ।

भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको उनले बताए । अहिले सुरक्षा निकायको ध्यान बढी चुनावमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको एसपी विष्टले बताए ।

४४ नंं।गण दार्चुला मातहतमा अहिले ४ वटा बीओपी र १ वटा गुल्म रहेको बताइएको छ । चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाइ आपराधिक गतिविधि नियन्त्रण गर्न लागि परेको बताइएको छ । जिल्लामा अहिले लाली जोलजीवी दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित