भीमदत्त-९ मा प्रशासनिक सेवा र सडक समस्याले आजित वडावासीको ७ दिने अल्टिमेटम

महेन्द्रनगर । भीमदत्त नगरपालिका-९ का स्थानीयवासीले वडा सचिवको अभाव र ब्रह्मदेव-टुँडीखेल-खल्ला-मुषेट्टी सडक सञ्चालनको माग गर्दै सम्बन्धित निकायलाई ७ दिनभित्र समस्या समाधान गर्न चेतावनी दिएका छन्।

वडावासीहरूले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भीमदत्त-९ नगरपालिका भित्र भौगोलिक दृष्टिले सबैभन्दा ठूलो वडा भए पनि आधारभूत प्रशासनिक सेवा र सडक पूर्वाधारको समस्याले स्थानीयहरू मारमा परेको उल्लेख गरिएको छ। वडा कार्यालयमा सचिव नहुँदा सामान्य प्रशासनिक कामका लागि समेत नागरिकले ३-४ दिनसम्म धाउनुपर्ने अवस्था रहेको विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै, ब्रह्मदेव बजारदेखि टुँडीखेल, खल्ला र मुषेट्टी जोड्ने सडक खण्ड अवरुद्ध हुँदा स्थानीयवासी महाकाली नदी तरेर आवतजावत गर्न बाध्य भएको र यसले दैनिक जनजीवन प्रभावित बनेको उनीहरूको गुनासो छ। पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

विज्ञप्तिमार्फत वडावासीहरूले आफ्ना दुई मुख्य मागहरू बिना शर्त ७ दिनभित्र सम्बोधन गर्न आग्रह गरेका छन्। अन्यथा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ।

घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत प्लेकार्डसहित वडा कार्यालयमा शान्तिपूर्ण प्रदर्शन, सडकमा विरोध प्रदर्शन तथा वडा कार्यालयमा तालाबन्दी गर्ने उल्लेख गरिएको छ। माग पूरा नभए थप कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

उक्त विज्ञप्तिमा राकेश राम टमाटा, रमेश नाथ, देवेन्द्र नाथ, राकेश चन्द, दिपेन्द्र सिंह ऐरीलगायतले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित