बेदकोटमा २ करोड आन्तरिक आम्दानी, १ करोड १४ लाख पदाधिकारी सुविधामा खर्च

कञ्चनपुर । बेदकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पदाधिकारी सुविधाका नाममा रु. १ करोड १४ लाख ८९ हजार खर्च गरेको विषयमा महालेखा परीक्षकको कार्यालयले गम्भीर चासो व्यक्त गरेको छ।

महालेखाको वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार सोही अवधिमा नगरपालिकाको कुल आन्तरिक आय रु. २ करोड ९ लाख १९ हजार ६०९ रहेको छ। अर्थात् नगरपालिकाले संकलन गरेको आन्तरिक आम्दानीको ठूलो हिस्सा पदाधिकारी सुविधामै खर्च भएको देखिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ ले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता तथा औचित्यता कायम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने जिम्मेवारी दिएको छ। तर बेदकोट नगरपालिकाको खर्च संरचनाले चालु खर्च नियन्त्रण र वित्तीय अनुशासनको पक्षमा गम्भीर प्रश्न खडा गरेको महालेखाको संकेत छ।

महालेखा परीक्षकको कार्यालयले नगरपालिकालाई आफ्नो आन्तरिक आयको आकार, कर्मचारी तथा जनप्रतिनिधिको सुविधा र प्रशासनिक खर्चबीच आवश्यक सन्तुलन कायम गर्न सुझाव दिएको छ। साथै चालु खर्चलाई व्यवस्थित, मापदण्डमा आधारित तथा मितव्ययी बनाउनुपर्ने औंल्याएको छ।

स्थानीय तहको सीमित आन्तरिक स्रोत विकास निर्माण, सेवा प्रवाह र जनमुखी कार्यक्रमतर्फ केन्द्रित हुनुपर्ने बेला ठूलो रकम पदाधिकारी सुविधामा खर्च भएको विषयले नगरपालिकाको वित्तीय प्राथमिकतामाथि समेत प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित