सार्वजनिक सेवा, सूचना व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणमा सञ्चार माध्यमको भूमिकाबारे शुक्लाफाँटामा अभिमुखीकरण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सेवा प्रवाह, सूचना व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सञ्चार माध्यमको प्रभावकारी भूमिका सुदृढ गर्ने उद्देश्यले मंगलबार पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रशिक्षक चित्रांक थापा ले सार्वजनिक सेवा प्रवाहमा सञ्चार माध्यमको भूमिका, जिम्मेवार समाचार सम्प्रेषण, सूचना व्यवस्थापनका चुनौती तथा अवसर, विपद्का समयमा सूचना प्रवाहको महत्वलगायत विषयमा सहजीकरण गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट ले स्थानीय सरकारका सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन सञ्चार माध्यमसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले सूचना व्यवस्थापन र नागरिकलाई सही तथा समयमै सूचना उपलब्ध गराउने कार्यमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख रणबहादुर महरा ले नागरिकलाई समयमै सही सूचना प्रवाह गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले विपद्को पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका क्रममा सञ्चार माध्यमले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारिताले जनचेतना अभिवृद्धि तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख कल्पना कुमारी जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामी, प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, प्रशिक्षक चित्रांक थापा लगायत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।

सहभागी पत्रकारहरूले स्थानीय तह र सञ्चार क्षेत्रबीचको समन्वय तथा सहकार्यले सुशासन प्रवर्द्धन, सूचना पहुँच विस्तार र विपद्का बेला प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमले स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नागरिकलाई सुसूचित बनाउने अभियानमा सकारात्मक ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित