बेलौरी,
हिजो मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रनिनिधी सभा निर्वाचन क्षेत्र नं.१ मा मतगणनाको तयारी पुरा हुन लागेको छ ।
बेलौरी निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलिय बैठकले मतगणना आचारसंहिताका विषयमा छलफल पुरा हुनलागेको जनाएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा ९९११० मतदाता मध्ये खसेको मत ६४१३७ रहेको छ । प्रदेश क मा ३२०६० प्रदेश ख मा ३१९७७ मत खसेको जनाईएको छ । केहि समय भित्रै मतगणना शुरु हुने जनाइएको छ ।
Discussion about this post