कांग्रेसका २८ वर्षे युवा योगेशले प्रतिनिधिसभामा मुस्ताङबाट खोल्यो खाता

33
VIEWS

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ ।

कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग पराजित भएका छन् ।

नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

योगेश गौचन आफ्नो पिताको राजनीतिक विरासतलाई अघि बढाउँदै राजनीतिमा होमिएका हुन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका उनी पिता रोमी गौचन विरासत बोकेर पहिलो पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् ।  उनका पिता रोमी गौचन २०७३ मा वाणिज्यमन्त्री थिए ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार