अवैध सामान बरामद, एक लाखभन्दा बढी मूल्यका सामग्री भन्सार कार्यालय बुझाइयो

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका एक लाखभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।

प्रहरीका अनुसार आज (साउन ३ गते) भीमदत्त नगरपालिका-११ स्थित गड्डाचौकी क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका करिब रु. १ लाख २ हजार बराबरका चिनी, मिश्री, दाल, किराना तथा विभिन्न खाद्य सामग्री बरामद गरिएको हो।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले सीमा क्षेत्रमा भन्सार छली तथा अवैध आयात-निर्यात नियन्त्रणका लागि निगरानी र सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइएको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित