बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यका लागि एमालेले अग्रता कायमै राखेको छ ।
८ सय मत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले ५०३ मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी विना मगरले १४५ मत प्राप्त गरेका छन् ।
आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको मतगणना आज सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए ।
प्रतिनिधी सभा सदस्य र प्रदेश सभा क को मत गणना पुनर्वास नगरपालिका वडा नं.१ बाट शुरु भएको छ । प्रदेश सभा ख को मतगणना बेलडाँडी गाउँपालिका वडा नं.१ बाट शुरु गरिएको छ ।
Discussion about this post