बागेश्वरी बहुउद्देश्यीय सहकारीमा रतन सिंह खडकाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

बेलडाँडी । बेलडाँडी गाउँपालिका-४ स्थित बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

निर्वाचन समिति संयोजक हरि प्रसाद शर्माको संयोजकत्वमा बसेको बैठकले नयाँ कार्यसमिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवगठित कार्यसमितिको अध्यक्षमा रतन सिंह खडका, उपाध्यक्षमा देव बहादुर खडका, सचिवमा गीता जैशी, कोषाध्यक्षमा पुष्करराज जोशी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कर्ण सिंह मडै, मानबहादुर शाही, राहिल रोकाया, बुद्धिराम चौधरी, लक्ष्मीकुमारी खत्री खडका, लक्ष्मी थापा र संगीता कुमारी चौधरी चयन भएका छन्। संस्थाको व्यवस्थापकमा नरेन्द्र सिंह भण्डारीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी लेखा समितिको संयोजकमा शिवबहादुर रावल तथा सदस्यहरूमा नरेन्द्रबहादुर रोकाया र पार्वती बडु सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक शर्माले जानकारी दिए।

उनका अनुसार चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई सोही दिन सपथग्रहण गराई औपचारिक रूपमा जिम्मेवारीसमेत हस्तान्तरण गरिएको छ।

नवनिर्वाचित अध्यक्ष रतन सिंह खडकाको अध्यक्षतामा बसेको पहिलो बैठकले संस्थालाई धन्यवाद ज्ञापन गर्ने, बैंक खाता सञ्चालनसम्बन्धी निर्णय गर्ने, लेखापरीक्षण प्रक्रिया अघि बढाउने तथा आगामी साधारण सभाको तयारी सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलडाँडी गाउँपालिका-५ का वडा अध्यक्ष इन्द्रबहादुर खडका, विशिष्ट अतिथिहरूमा वडा नं.४ का अध्यक्ष वीरबहादुर खडका, वडा नं.३ का अध्यक्ष दुर्गाप्रसाद चौधरी, बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद बडु, सहकारीका निवर्तमान अध्यक्ष दुर्गा रोकाया, निवर्तमान लेखा समिति संयोजक कर्णबहादुर बुढा लगायतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित कार्यसमितिले सहकारीका सदस्य तथा उपभोक्ताको हितलाई केन्द्रमा राखेर पारदर्शी, उत्तरदायी र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहकारीलाई थप सुदृढ, व्यवस्थित र उन्नत बनाउँदै नयाँ योजना कार्यान्वयन गरी संस्थालाई अझ उच्च स्थानमा पुर्‍याउने लक्ष्यका साथ अघि बढ्ने अध्यक्ष खडकाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित