बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यका लागि एमालेका तारालामा तामाङले आफ्ना प्रतिद्वन्दी पुर्व खानेपानी मन्त्री विना मगरलाई दोब्बर भन्दा बढी मतले अग्रता कायमै राखेको छ ।
१ हजारमत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले ५९७ मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी विना मगरले २३६ मत प्राप्त गरेका छन् ।
आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको मतगणना आज सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए ।
प्रतिनिधी सभा सदस्य र प्रदेश सभा क को मत गणना पुनर्वास नगरपालिका वडा नं.१ बाट शुरु भएको छ । प्रदेश सभा ख को मतगणना बेलडाँडी गाउँपालिका वडा नं.१ बाट शुरु गरिएको छ ।
Discussion about this post