बेलडाँडीमा रासायनिक मल विक्रेता बन्न १५ दिनभित्र आवेदन दिनुपर्ने

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले गाउँपालिकाभित्र रासायनिक मलको कारोबार तथा बिक्री-वितरण गर्न इच्छुक सहकारी संस्था, फर्म तथा कम्पनीका लागि आवेदन आह्वान गरेको छ।

गाउँपालिकाले रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ (दोस्रो संशोधन २०८३) तथा गाउँ कार्यपालिकाको २०८३/०४/२६ गतेको निर्णयअनुसार स्थानीय तहमा मलको कारोबार गर्ने विक्रेताको दर्ता तथा नवीकरण गरी मल वितरण कम्पनीमा विक्रेता नियुक्तिका लागि सिफारिस गर्ने जनाएको हो।

गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मल बिक्रीका लागि डिपो राख्ने स्थान, मल बिक्री गर्ने क्षेत्र, वडा नम्बर, गाउँ तथा टोल खुल्ने गरी कृषि विकास शाखामा आवश्यक कागजातसहित निवेदन दर्ता गराउन आग्रह गरेको छ।

आवेदनका साथ सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, पछिल्लो दुई वर्षको लेखापरीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर (PAN) दर्ताको प्रमाणपत्र, अनुभव तथा कार्यदक्षताको विवरण, मल नापतौलका लागि प्रयोग हुने मेसिन, छुट्टै गोदामघर तथा सूचना प्रविधिसहितको भौतिक पूर्वाधारको विवरण, कर चुक्ताको प्रमाणपत्र र संस्थाको कार्यक्षेत्र खुल्ने प्रमाण पेस गर्नुपर्नेछ।

गाउँपालिकाले स्थानीय कृषि सहकारी संस्थालाई प्राथमिकता दिइने स्पष्ट पारेको छ। साथै तोकिएको म्याद समाप्त भएपछि प्राप्त हुने तथा आवश्यक प्रमाण नपुगेका निवेदनमाथि कुनै कारबाही नगरिने जनाएको छ।

कृषकलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले विक्रेता छनोट तथा सिफारिसको प्रक्रिया अघि बढाइएको गाउँपालिकाको सूचनाबाट देखिन्छ। यस प्रक्रियाबाट स्थानीय स्तरमै मल बिक्री केन्द्र विस्तार भई किसानले समयमै मल पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित