कञ्चनपुर क्षेत्र नं.१ मा एमालेका तामाङको अग्रता कायमै

145
VIEWS

बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यमा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेका प्रतिनिधी सभा सदस्यका उम्मेदवार तारालामा तामाङले आफ्ना प्रतिस्पर्धी गठन्धनका उम्मदेवार विना मगरलाई दोब्बर बराबर मतान्तरले अग्रता कायमै राखेको छ ।

५ हजार ४ सय १ मत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले २ हजार ९ सय १७ मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी विना मगरले १ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् ।

यस्तै क्षेत्र नं.१ क मा ४ हजार ८ सय १६ गत गणना हुदा नेकपा एमालेका वीर बहादुर थापा पातलले २ हजार ४ यस मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वन्धु रानाले १ हजार ५ सय मत प्राप्त गरेका छन् । भने प्रदेश ख मा ४ हजार ९ सय ७० मत गणना हुदा नेपाली कांग्रेसका दिवान सिंह बिष्टले १ हजार ७ सय २५ मत प्राप्त गरेका छन् भने उलाई प्रतिस्पर्धी नेकपा एमालेका पल्लब राज भट्टले १ हजार ४ सय९२ मत प्राप्त गरेका छन् ।

आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको मतगणना हिजो सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार