कञ्चनपुर क्षेत्र नं.१ क मा एमालेका थापा र ख मा कांग्रेसका बिष्टको अग्रता कायमै

310
VIEWS

बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ क मा एमालेका थापा र ख मा कांग्रेसका बिष्टले अग्रता कायमै राखेका छन् ।

क मा ५ हजार ४ सय २ गत गणना हुदा नेकपा एमालेका वीर बहादुर थापा पातलले २ हजार ७ यस ३७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वन्धु रानाले १ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । भने प्रदेश ख मा ५ हजार ४ सय ७० मत गणना हुदा नेपाली कांग्रेसका दिवान सिंह बिष्टले १ हजार ८ सय २० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पल्लब राज भट्टले १ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् ।

आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको मतगणना हिजो सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार