बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यमा प्रदेश पुर्व अर्थ मन्त्री तथाा एमालेका नेता तामाङले आफ्ना प्रतिस्पर्धी नेपाल सरकारका पुर्व खानेपानी मन्त्री तथा गठवन्धनका साझा उम्मेदवार मगरलाई दोब्बर भन्दा बढी मतान्तरले अग्रता कायमै राखेको छ ।
६ हजार ४ सय ८ मत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले ३ हजार ७ सय ३ मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी विना मगरले १ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् ।
आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको मतगणना हिजो सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए ।
Discussion about this post