कञ्चनपुुर क्षेत्र नं.१ को २ मा भट्टले घटाए मतको दुरी

411
VIEWS

बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ प्रदेश २ मा एमालेका पल्ल्ब राज भट्टले कांग्रेसका दिवान सिंह बिष्ट वीच मतको दुरी घटाएका छन् ।
बेलौरी वडा नं.३ मा पुग्दा भट्टले फराकिलो दुरी कम गरेका छन् ।

प्रदेश २ मा १४ हजार ५ सय ६९ मत गणना हुदा नेपाली कांग्रेसका दिवान सिंह बिष्टले ४ हजार ५ सय २७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पल्लब राज भट्टले ४ हजार ३ सय ८२ मत प्राप्त गर्दै मतान्तर १४५ मा झारेका छन् । अहिले भर्खर बेलौरी वडा नं.३ मा मतगणना सकिएको छ ।

आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको मतगणना अस्ती सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए । जसमध्ये प्रदेश १ मा ३२ हजार ६० मत खसेका थिए भने प्रदेश २ मा ३१ हजार ९ सय ७७ मत खसेका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार