बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ प्रदेश (१) मा एमालेका वीर बहादुर थापा पातलले अग्रता कायमै राखेका छन् । उनले पुनर्वास वडा नं.८ को मत गणना सकिदा सम्म २ हजार ४ सय २ मतान्तरले अग्रता कायमै राखेका छन् ।
प्रदेश १ तर्फ १५ हजार ६ सय ७२ मत गणना हुदा नेकपा एमालेका वीर बहादुर थापा पातलले ७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ४ हजार ८ सय मत प्राप्त गरेका छन् । अहिले मतान्तर २ हजार ४ सय २ रहेको छ ।
आइतवार सम्मपन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको मतगणना अस्ती सोमवार ४ बजेबाट शुरु भएको थियो । कञ्चनपुर क्षेत्र नं.१ मा ९९ हजार १ सय १० मतदाता रहेकोमा ६४ हजार २ सय ३९ मत खसेका थिए । जसमध्ये प्रदेश १ मा ३२ हजार ६० मत खसेका थिए भने प्रदेश २ मा ३१ हजार ९ सय ७७ मत खसेका थिए ।
Discussion about this post