बेलडाँडीका योगा प्रतिभाशाली युवाको सपना आर्थिक अभावका कारण अधुरै

289
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.३ खैरीघाटमा जन्मेका योगा राष्ट्रिय च्याम्पियनशीपमा दुई दुई पटक स्वर्ण पदक विजेता रोशन बिष्टको गिनिज बुकमा नाम लेखाउने सपना आर्थिक अभावका करण ओझेलमा पर्न थालेको छ ।

बाल्यकाल देखि नै योगामा विशेष ध्यान दिने बेलडाँडीका युवा रोशनले दुई पटक स्वर्णपदक प्राप्त गरिसकेका छन् । स्वर्ण पदक प्राप्त गरे संगै उनले विभिन्न कला मार्फत गिनिज बुकमा आफ्नो नाम लेखाउने सपना आर्थिक अभावका कारण पुरा हुन नसकेको बताएका छन् ।

बिष्टले आफुले दोस्रो पटक स्वर्ण पदक प्राप्त गर्दा आफुमा ठुलो हौसालका साथ उर्जा प्राप्त भएको भएता पनि सरकार, स्थानीय सरकारले आफुजस्ता खेलडाँडीको पहिचान गर्न नसक्दा दुःख लाग्ने गरेको बताए ।

उनले भने पालिकाले स्वास्थ्यका लागि खेलकुदमा जोड दिने हो भने आफुले यहाँ धेरै खेलाडी उत्पादन गर्न सक्ने बताएका छन् । आफ्ना सपना अधुरा रहेपनि यहाँका नव खेलाडीहरुको भविश्यमा कुनै बदलाव ल्याउन आफुले सक्ने बताउछन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार