बेलाैरी,
कञ्चनपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नंं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन् ।
लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा प्रचण्ड की बुहारी माओवादी केन्द्रकी नेत्री बिना मगरलाई ५ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका हुन् ।
तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४६ मत प्राप्त गरे । २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित हुदै अर्थमन्त्री समेत भईसकेका तामाङले मगरलाई पराजित गरी प्रतिनिधि सभा सदस्यको यात्रा तय गरेका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार खेम सुवेदीले ५३०, जग बहादुर सायरले ६८९, हरीना देवी भट्टले ६७ मत, लोसपाका रामसिन रानाले २७८ मत र नेमकिपाका नन्दा देवी जोशीले ९३ मत प्राप्त गरेका छन् ।
९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ६०४ मत खसेका थिए । भने ३ हजार ६१४ मत बदर भएका छन् ।
Discussion about this post