सुदूरपश्चिमबाट प्रतिनिधिसभामा मा‌ओवादी निल

140
VIEWS

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभामा निल भएको छ। सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो। तर, भाग पाएका सबै स्थानमा माओवादीका उम्मेदवार पराजित भएका छन्।

कैलाली क्षेत्र नम्बर २ र ३, कञ्चनपुरको क्षेत्र नम्बर १ र बैतडीमा माओवादीका उम्मेदवारले चुनाव लडेका थिए। तर, चुनाव लडेका चारवटै ठाउँमा माओवादीका उम्मेदवारले पराजय भएका छन्।

कैलाली क्षेत्र नम्बर २ मा माओवादीका उम्मेदवार भगतबहादुर बडुवाललाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। यस्तै कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी माओवादीका संविधानसभा सदस्यसमेत रहेका कृष्णकुमार चौधरीलाई पराजित गर्दै विजयी भएका छन्।

यता, कञ्चनपुर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पराजित बनेकी छन्। यहाँ नेकपा एमाले का तारालामा तामाङ विजयी बनेका छन्। यस्तै उता, बैतडीमा पनि माओवादीलाई हराउँदै एमालेले जित हासील गरेको छ। बैतडीमा माओवादीका नरेन्द्र कुँवरलाई पराजित गर्दै एमालेका दामोदर भण्डारी विजयी भएका छन्।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार