पाटीभित्रकै अन्तरघात छिचोल्दै संविधान सभा सदस्य विष्ट प्रदेश सभाको यात्रामा

बेलाैरी,
कञ्चनपुर निर्वाचन क्षेत्र १(ख)मा नेपाली काँग्रेसका नेता दिवान सिह विष्ट निर्वाचित भएका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका जिल्ला सचिव पल्लवराज भट्टलाई ९ सय १७ मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।

विष्टले ८ हजार ५२० र भट्टले ७ हजार ६०३ मत ल्याएका थिए । विष्टलाई काँग्रेसभित्रकै दर्जनौँ नेता कार्यकर्ता हराउन सकृय थिए, तर अन्तरघात गर्दा गर्दैपनि माओवादीको दरिलो साथ पाएका विष्ट अन्तत पाटीभित्रकै अन्तरघात छिचोल्दै प्रदेश सभा सदस्यमा सफल भएका हुन ।

क्षेत्र १(ख)का एक काँग्रेस नेताका अनुसार पाटीभित्रका दर्जनौँ अन्तरघाती छिचोल्दै विष्ट निर्वाचित भएर काँग्रेसको एक थप सिट थपिएको बताए । ‘हाम्रा पाटीका अधिकाँस नेता कार्यकर्ता हराउनका लागि अमुख पाटीका बागीदेखि अन्य पाटीका नेता कार्यकर्ता जिताउन उद्यत भएका थिए, ‘उनले भने, ‘तर सकेनन्, अन्तत काँग्रेसकै जित भयो, उनीहरु अहिले विष्टको अघि आएर टिका खादा लगाईरहेका छन ।’

अन्तरघाती नेता कार्यकर्तामाथि छानबिन भई कार्बाही सम्म गरिने नेताहरुले बताएका छन । एमालेबाटै बागी उठेका टेक बहादुर साउदले ५ हजार ७१३, नागरिक उन्मुक्ति पाटीका गिता चौधरीले ५ हजार ५०२, नागरिक उन्मुक्ति पाटीकै बागी नेत्रलाल चौधरी ९२६, राप्रपाका धिरज विक्रम सिहले १ हजार ४ सय ३५, लोकतान्त्रिक समाजवादीका बुझौना चौधरीले ३सय ६५, नेपाल मजदुर किसान पाटीका हर्क बहादुर क्षेत्रीले ७८ मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रमा ४९ हजार, ४५८ मतदाता मध्ये ३० हजार १४२ मत सदर भएका थिए ।

गत बर्ष सम्पन्न भएको एमालेको ९ औँ महाधिवेशनमा भट्टले कञ्चनपुर पाटी सचिव जितेका थिए, भने काँग्रेस १४ औँ महाधिवेशनमा विष्ट केन्द्रीय सदस्यमा पराजित भएका थिए । उक्त निर्वाचन क्षेत्रमा काँग्रेस–माओवादीविच गठबन्धन र एमाले एक्लै चुनावमा होमिएको थियो । गत स्थानीय तह निर्वाचनमा काँग्रेसले ९ हजार ६६५, एमाले ९ हजार ८६०, माओवादी ७ हजार ३११, समाजवादी एक हजार ६४, राप्रपा ९ सय ७ र अन्य १ हजार ७४२मत ल्याएका थिए ।

यस निर्वाचन क्षेत्रमा काँग्रेसले अन्तरघात गरेर पुर्व काँग्रेसकै नेता एव एमालेका बागी स्वतन्त्र उम्मेदवार लालटिन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई भोट हालेको नेताहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित