कञ्चनपुर क्षेत्र नं.१ मा एमालेको समानुपातिक मत सबै भन्दा बढी देशभर अग्रता कायमै

255
VIEWS

बेलडाँडी,
कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ मा एमालेले समानुपातिक मत सबैदल भन्दा बढी प्राप्त गरेको छ ।

नेकपा एमाले कञ्चनपुर क्षेत्र नं.१ ले समानुपातिक मत १७ हजार ८९७ ल्याएको छ भने नेपाली कांग्रेसले १४ हजार ७ सय ५६, नेकपा माओवादी केन्द्रले ९ हजार ६३५, नागरिक उन्मुक्ति पार्टीले ७ हजार ३९९, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार २२७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ३७३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेले नेपाली कांग्रेस भन्दा ३ हजार १४१ मत बढी, नेकपा माओवादी केन्द्र भन्दा ८ हजार २६२ मत बढी, नागरिक उन्मुक्ति पार्टी भन्दा १० हजार ४९८, राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा १३ हजार ६७०, राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दा१४ हजार ५२४ मत बढी ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले जनताको लोकप्रिय पार्टी भएको पुष्टि भएको छ । एमालेलाई कमजोर पार्नका लागि गठवन्धन गरिएको समानुपाति मत परिणामको नतिजाले पुष्टि पार्दै गएको छ । देशभरको समानुपातिक नतिजामा समेत एमाले अग्र स्थानमा रहेको छ अहिले सम्मको डाटा अनुसार एमाले पहिलो स्थानमा अग्रता कायम गरेको छ भने दोस्रो स्थानमा नेपाली कांग्रेस, तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र र चौथो स्थानमा नेकपा एकिकृत समाजवादी पार्टीहरु रहेका छन् ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार