कञ्चनपुर,
४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको विषयलाई लिएर बाजुरामा हत्या गरिएका एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडी हत्या प्रकरण चर्किएको छ । अनेरास्ववियु कञ्चनपुरले चेतन अयडीका हत्यारा कार्बाहीको माग अघि सार्दै कञ्चनपुरमा सडक आन्दोलन शुरु गरेका छन ।
सोमबार बिहान अनेरास्ववियु कञ्चनपुरले पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगर चम्मन चोकमा चक्का जाम गरेका छन । बिहान १० बजेदेखि ११बजेसम्म एक घण्टा चक्का जाम गरिएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए ।
अध्यक्ष रोकायाले अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटि अध्यक्ष अयडीका हत्यारा पक्राउ गर्न बाजुरा प्रहरीले आलटाल गर्न थालेपछि दवाव दिन बाध्य भएर आन्दोलन गरेको बताए ।
‘हाम्रो आन्दोलन कमरेड चेतन अयडीका वास्तविक हत्यारालाई कानुनी कार्बाहीका लागि हो, ‘उनले भने, ‘हत्यारा कार्बाही नगरी फेरीपनि निरन्तर आन्दोलन गछौँ ।’ रोकायाले अहिले साँकेतीक चक्का जाम गरिएको बताउँदै भावि दिनमा थप आन्दोलन चर्काउने चेतावनी दिए ।
एमाले निकट अनेरास्ववियुले गरेको एक घण्टा चक्का जामका क्रममा ठुला तथा साना सवारी साधन संचालन हुन नसक्दा यात्रु मारमा परेका थिए । त्यहाँ सरकारी एव अन्य गैर सरकारी निकायका सवारी साधनको चापी नियन्त्रणमा लिएर आन्दोलन गरेका थिए ।
आन्दोलनकै क्रममा महेन्द्रनगर बजारदेखि गड्डाचौकी जान लागेको सुदूरपश्चिम प्रदेश ०१ ००१झ ०४७७नम्बरको सरकारी जिपमा सरकारी युनिफम भन्दा पनि विवाह वा कुनै समारोहमा जानका लागि तयारी अवस्थामा रहेका केही मानिस सहित पछाडी डालामा तरकारी सहितको समान राखिएको जिपको समेत चावी नियन्त्रणमा लिएका थिए ।
उक्त घटनाले सरकारी सवारी साधन सरकारी कामकाजका लागि भन्दा पनि निजी व्यक्तिगत कर्मचारीको घरसायी कामका लागि दुरुपयोग भएको छप्रष्टै उदाहरण देखिएको छ । चालकले उक्त सवारी साधन धनगढी उप महानगरपालिकाको र अहिले उक्त सवारी साधन निर्वाचनको काममा रहेको बताएका थिए ।
यो कुनैपनि सरकारी कार्यालयको भएपनि दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटि उपाध्यक्ष रविन नाथले संगठनले चेतन अयडीका हत्यारा सार्वजनिक गर्न प्रशासनमा ज्ञापन पत्र बुझाउनेदेखि क्याम्पसमा समेत कालो ब्यानर टाँसेर धर्ना दिएको बताए । अनेरास्ववियु कञ्चनपुरले संगठनका नेता अगडीको हत्यारा सार्वजनिक नहुँदासम्म निरन्तर आन्दोलन बढ्ने चेतावनी दिएको छ ।
Discussion about this post