बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले ५ हजार १०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बुधबारबाट सुरु भएको छ । एमालेले पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले मंगलबार मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।
Discussion about this post