लालझाडीका प्रमुख प्रशासकीय अधिकृतको बिदाई

75
VIEWS

लालझाडी,

लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावलको अाज बिदाई गरिएको छ ।

पालिकाले अाज एक कार्यक्रमको अायोजना गर्दै अधिकृत रावल र अान्तरिक लेखा परीक्षक अशोक सिंह साउँदकाे बिदाई गरिएकाे पालिकाले जनाएको छ ।

लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले उनीहरूलाई खादा अविर लगाई शुभकामना दिदै बिदाई गरेका थिए ।

यस्तै उप प्रमुख सपना चाैधरी राना लगायत जनप्रतिनिधि कर्मचारीहरूले वहाँहरूलाई स-सम्मानका साथ बिदाई गर्नु भएकाे थियाे। प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावल प्रधानमन्त्रीकाे कार्यालय काठमाडौंमा र आन्तिरक लेखा परिक्षक अशाेक सिँह साउँद आन्तिरक राजश्व कार्यालय धनगढीमा सरुवा भएका हुन ।

बिदाई कार्यक्रममा बाेल्दै अधिकृत रावलले स्थानीय निकाय सरकारकाे स्वरुप भएकाले स्थानिय सरकारले समग्र विकास गर्नु पर्ने बताउनु भयाे। बिधि, प्रकृया र संरचना चाहिने भएकाले कार्यबिधिमा टेकेर काम मात्र बैधानिक काम मानिने उहाँले बताउनु भयाे ।

लालझाडी गाउँपालिकामा अधिकृत रावल र लेखा परीक्षक साउँद २ वर्ष कार्यरत हुनुहुन्थ्याे ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार