बेलडाँडीमा लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम

148
VIEWS

बेलडाँडी,
बेलडाँडीमा लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम आज सम्पन्न गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेलडाँडी गाउपालिका वडा नम्वर ३ को आयोजनामा सिद्दनाथ मा.वि.चौफेरी खैरीघाटमा लागू औषध दुर्व्यसन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रममा सम्पन्न गरिएको हो ।

वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक, शिक्षक वडा सचिव र उक्त बिद्यालयका कक्षा ९ र १० का १०० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थितिमा बेलडाँडी ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक पातलीले लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना गराउनु भएको थियो ।

जनचेतनाको कमीले युवाहरु लागु औषध दुर्व्यसनमा फस्न सक्ने भन्दै यस्ता कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले जानकारी गराउनु भयो । यता खुल्ला सिमाका कारण यो वडा बढी जोखिम भएकाले सबै पक्षबाट न्युनिकरणका लागि पहल हुनुपर्नेमा जोड दिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार