छाडा पशु चौपाया व्यवस्थापनका लागि सरोकारवाला एकमत

कञ्चनपुर,
छाडा पशु चौपायाको दिगो व्यवस्थापनका लागि बेदकोट नगरका सरोकारवाला एकमत भएका छन ।

शुक्रबार राजनीतिक दल, नागरिक अगुवा एव स्थानीय किसान सहित जनप्रतिनिधीविच भएको अन्तरकृयामा छाडा पशु चौपायाको दिगो व्यवस्थापनका लागि सरोकारवाला एकमत भएका हुन ।

बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपालीले सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि बेदकोट नगर क्षेत्रका कृयाशिल राजनीतिक दल, स्थानीय अगुवा, सरोकारवाला पक्ष र जनप्रतिनिधी एकमत भएको बताए ।

‘सरोकारवाला सबै पक्षले बेदकोट नगरपालिका क्षेत्रमा देखिएका पशु चौपाया समस्या बारे छलफल गर्दै दिगो रुपमा व्यवस्थापनका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने विषयमा प्रतिबद्धता जाहेर गरेका छन, ‘उनले भने, ‘स्थानीय किसान, राजनीतिक दल, अगुवा एव जनप्रतिनिधी एकमत भएका छन ।’

बैठकमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदी, नेकपा बहुमत जिल्ला युवा नेता दिपेन्द्र सिह ऐरी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव तेज ठकुल्ला, पुर्व जनप्रतिनिधी डम्बर भट्ट सहितले आ–आफ्नो धारणा राख्दै पशु मृत्युबारे चासो देखाएर व्यवस्थापनका लागि सरकार जिम्मेबार हुनुपर्नेमा सुझाव दिएका छन ।

उनीहरुले यस अघि करोडौँ खर्च हुँदा समेत समस्या उस्तै रहेकाले समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोडदिएका छन ।
बेदकोट नगरपालिका उपपमुख तुलसी जोशीले आफुहरुको मनसाय जसरी भएपनि सामुदायिक पशु चौपाया व्यवस्थापन गरेर अघि बढ्ने भएको बताईन । ‘हामीले जतिसक्यो, त्यती शिघ्र दिगो व्यवस्थापन गर्ने हो, ‘उनले भनिन, ‘हामीलाई केही समय दिनुहोस काम गछौँ ।’

बेदकोट नगरका मेयर भोजराज बोहराले एक सातभित्रै सबै वडाहरुमा अस्थायी रुपमा कान्जी हाउस बनाउने र दिगो रुपमा बैतडामा १२ विगाह जमिन भाडामा लिएर बहुमुखी हिसाबले समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

बेदकोट नगरपालिको सामुदायिक पशु चौपायाका लागि केही समय दिन आग्रह गर्दै कुनै पनि जनताको खेतमा जान नदिने र राजमार्ग सडक क्षेत्रमा छाडा पशु चौपाया नियन्त्रण गर्ने विश्वास दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित