कञ्चनपुर,
कञ्चपुरको एक सामुदायिक विद्यालयले मुखपत्र प्रकासित गरेको छ ।
भीमदत्त नगरपालिका १५खैरभट्टी स्थित रहेको लक्ष्मी माध्यामिक विद्यालयले मुत्रपत्र अर्थात ‘लक्ष्मी माला’ प्रकासित गरेको हो । ०३५सालमा स्थापना भएको विद्यालयले पहिलो पटक लक्ष्मी माला प्रकासित गरेको छ । साढे चार दशक पछि विद्यालयले पहिलो पटक मुखपत्रप्रकासनमा ल्याएको छ ।
शनिबार एक कार्यक्रमका विच उक्त मुखपत्र अर्थात ‘लक्ष्मी माला’को बिमोचन गरिएको छ ।
लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदले निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यमा नव निर्वाचित एव पुर्वमन्त्री रमेश लेखकको प्रमुख आथित्य र क्षेत्र ३(ख)बाट नव निर्वाचित प्रदेश सभा सदस्य बेल बहादुर रानाको बिशिष्ठआथित्यमा मुखपत्र विमोचन गरिएको बताए । अध्यक्ष साउदले विद्यालयको बौद्धिक विकासका साथै शैक्षिक सुधारका लागि पहिलो पटक मुखपत्र प्रकासित गरिएको बताए ।
विद्यालयको शैक्षिक स्तर बृद्धि र विद्यालयका शैक्षिक गतिबिधी प्रभावकारी ढङगबाट नियमित अघि बढाउने उदेश्यले लक्ष्मी माला प्रकासनमा ल्याएको अध्यक्ष साउदले बताए । अध्यक्ष साउदका अनुसार विद्यालयले हरेक बर्ष लक्ष्मी माला प्रकासित गर्नेछ । ‘विद्यार्थीको सृजनात्मक, कलात्मक अन्तरनिहित क्षमताको अभिबृद्धी गर्न र शिक्षक, अभिभावकलाई उत्तरदायी बनाउने हाम्रो प्रतिज्ञा हो, ‘विद्यालयको बृद्धि विकासका लागि राज्यबाट समेत आवश्यक अभिभावकिय जिम्मेबार गराउने लक्ष्मी मालाको काम हो ।’
उक्त विद्यालयमा ८०प्रतिशत दलित समुदायबाट विद्यार्थी रहेको बताउँदै अध्यक्ष साउदले सबै समुदायको शिक्षामा समान पहुँच गराउने उदेश्यका साथ अघि बढ्ने बताए ।
लक्ष्मी मालाको बिमोचन गर्दै नवनिर्वाचित प्रतिनिधी सभा सदस्य रमेश लेखक र प्रदेश सभा सदस्य बेद बहादुरले विद्यालयले गरेको प्रयास अनुकरणीय भएको बताउँदै भावि दिनमा विद्यालयको बृद्धि विकासका लागि आ–आफनो क्षेत्रबाट सहयोग गर्ने प्रण गरेका छन ।
संसदद्वय लेखक र रानालाई विद्यालयको विकासका लागि बृद्धि विकासका लागि अनुपत्र पत्र समेत बुझाईएको अध्यक्ष साउदले बताए । अनुरोध पत्र बुझ्दै संसदद्वय लेखक र रानाले सहयोगको बचन दिए । विद्यालयका प्राध्यानाध्यापक प्रकास बहादुर चन्दले विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि प्रतिबद्धता जनाएका छन ।
प्रअ चन्दले विगत भन्दा अहिले गुणस्तरबृद्धि भएको बताए । विद्यालयले पहिलो पटक लक्ष्मी माला प्रकासित गरेपछी विद्यार्थी, शिक्षक, अभिभावक हर्षित भएका छन । अध्यक्ष साउदले विद्यालयलाई प्रविधिमैत्री प्राविधिक शिक्षाका कार्यक्रम संचालन गर्ने बताए ।
अध्यक्ष साउदले ग्रामिण भेगको सामुदायिक विद्यालयको भौतिक, शैक्षिक स्तर बृद्धि गर्दै भविष्यमा नमुना विद्यालय बनाउनेतर्फ प्रर्यत्न भईरहेको बताए । झण्डै साढे चार दशकपछि लक्ष्मी माला प्रकासित गरेपछि विद्यालयले उदाहरणीय काम गरेको भन्दै अभिभावकले प्रसंसा गरेका छन ।
Discussion about this post