कञ्चनपुर,
कञ्चनपुरमा मानव अधिकारको अवस्था नाजुक रहेको सरोकारवाला पक्षले बताएका छन ।
नारी उत्थान केन्द्रले महिला हिन्सा बिरुद्धमा संचालन भएको १६ दिने अभियानको अन्तिम दिन शनिबार महेन्द्रनगरमा ‘मानव अधिकार तथा लैङिगक हिन्साको अवस्था’ विषयक सरोकारवाला निकाय एव महिला अगुवाले जिल्लामा मानव अधिकारको अवस्था नाजुक भएको चिन्ता व्यक्त गरेका छन ।
महिलामाथि हुने हरेकखाले हिन्सा नरोकिएको, हत्या, बलात्कार जस्ता जघन्य अपराध र अपराध पनि नयाँ नयाँ किसिमको बढ्को भन्दै चिन्ता प्रकट गरेका छन । मानव अधिकार र हत्या, हिन्सा रोकथामका लागि भने दिगो प्रकास र प्रभावकारी कदम संचालन नहुँदा मानव अधिकार कागजमै सीमित रहेको औल्याएका छन ।
अपाङगता क्षेत्रमा काम गर्दै आएका उपेन्द्र खडायतले सबैभन्दा बढि अपाङगता भएका व्यक्ति हिन्साको शिकार बनेको र त्यतातिरै कसैले ध्यान नदिएको बताए । भीमदत्त नगरपालिका २ उल्टाखामकी स्थानीय महिला मञ्जु मालीले आफुलाई पीडा र संकटमा पर्दा कुनैपनि सरकारी निकायबाट सहयोग नपाईएको दुखेसो पोखिन् । ‘जतिबेला म हिन्सामा परेको थिए, न प्रहरी प्रशासन र स्थानीय कुनैपनि सरकारबाट सहयोग पाईन, ‘उनले भनिन, ‘हामी जतिकै महिलाको त अधिकार बारे यस्तो अवस्था छ, बाँकी महिलाको अवस्था के होला ।’
भीमदत्त नगरपालिका न्याय पालिका सदस्य नर बहादुर साउदले महिला एव मानवमाथि हुने हरेकखाले हिन्सा न्यूनिकरणका लागि परिमाणामुखी कार्यक्रम नहुँदा मानव अधिकार र महिलाका हक अधिकार उस्तै रहेको औल्याए । महिला अगुवा नितु भट्टले स्थानीय तह सहितका सरकारी निकायले प्रभावकारी नीति, योजना एव कार्यक्रम संचालन गर्न नसक्दा महिलामाथि हिन्सा नरोकिएको औल्याईन ।
महिला तथा बालबालिका संरक्षक सञ्जाली अध्यक्ष निर्मला जोशीले महिलामाथि हिन्सा रोक्नका लागि कानुन कार्यान्वनमा जोडदिईन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले कार्यपत्र प्रस्तुत गर्दै जिल्लामा विभिन्न प्रकृतिका अपराध घटिरहेको बताए । उनले पछिल्ला दिनहरुमा महिला मात्र नभई लैङगिक हिन्साको शिकार पुरुष समेत भईरहेको बताए ।
लोसपा महिला नेतृ सिता नागरीले पैशा, पावरवाला र प्रहरीबाटै हिन्सा भएको दुखेसो पोखिन । ‘स्वम म हिन्सामा पर्दा न्यायका लागि प्रहरीमा गए, ‘उनले भनिन, ‘न्याय माग्न गएको तर, थर्काएर पठायो ।’ एमाले नेतृ गिता ओलीले आफैबाट हिन्सा रोक्नुपर्नेंमा जोडदिईन ।
काँग्रेस नेतृ मधु भारतीले सबैको प्रयासबाट हिन्सा रोक्नुपर्नेमा जोडदिईन । कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले प्रहरीले महिला हिन्सा,मानव अधिकारदेखि शान्ति सुरक्षाका लागि हरकदम प्रयास काम गरिरहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले हिन्सा न्यूनिकरणका सरोकारवाला सहित निकाय सचेत हुनुपर्ने र सरकारी निकाय दतारुक हुनुपर्नेमा जोडदिए ।
कार्यक्रमकी प्रमुख अथिति जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमार रानाले हिन्सा र अपराध न्यूनिकरणका लागि सचेतनाका कार्यक्रम आवश्यक रहेको बताउँदै आफ्नो बातर्फबाट पालिकासंग समन्वय गरेर अघि बढ्ने बताईन ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी एव नारी उत्थान केन्द्रका अध्यक्ष भुवन कुँवर(केसी)ले हिन्सा र अपराध न्यूनिकरणका लागि कानुन कार्यान्वयनमा जोडदिदै सरकारी निकाय गम्भिर हुनुपर्नेममा जोडदिए । कार्यक्रमको सहजिकरण गर्दै संचारकर्मी महिला नेतृ मेनुका विष्ट(बस्नेत)ले लैङगिक हिन्सा र अपराध न्यूनिकरणका लागि सचेतनाका साथै कानुन कार्यान्वय गर्ने पक्ष चनाखो र ईमान्दार हुनुपर्नेमा जोडदिईन ।
महिला हिन्सा बिरुद्धको १६ दिने अभियानका बेलामा मात्रै नभई हरदम कदम मानव अधिकार र महिला हिन्सा बिरुद्धको पक्षमा काम गर्नुपर्नेमा जोडदिईन । कार्यक्रममा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।
Discussion about this post