धनगढी,
सुदूरपश्चिम प्रदेश सभातर्फका समानुपातिक सांसदको टुंगो लगेको छ। एमाले, कांग्रेस र माओवादीले समानुपातिक आफ्ना सांसदको टुङ्गो लगाएको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम उनीसहितका ७ जनाको नाम टुंगो लागेको छ। उनकाअनुसार कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की सूचीमा परेका छन्।
प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ।
नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ।
जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।
बैठकले प्रदेशको टुंगो लगाएको हो ।
यस्तै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। माओवादी केन्दको बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो।
जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिलातर्फबाट गिता देबि माल र जानकी कुँवर पौडेल सूचीमा परेका छन्।
Discussion about this post