बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले १५ शैया अस्पताल निर्माण गर्नका लागि वडा नं २ मा रहेको ग्रिनबेल्ट क्षेत्र भित्रको पूर्वमा चवन्नी बेलडाँडी सडक, पश्चिममा लटिनाथ मालिकार्जुन मन्दीर, उत्तरमा बसपार्क र दक्षिणमा रोलेश्वर जनता आदर्श बुहमुखि क्यम्पस यति चार किल्ला भित्रको सरकारी जमीन खालि गराउनका लागि बारम्बार सूचाना जारी गर्दै आएको छ ।
आज आइतवार पनि गाउँपालिकाले एक सूचना जारी गर्दै तोकेको समय भित्र उक्त क्षेत्रमा रहेका घर टहरा हटाउन पुनः सूचना जारी गर्दै अल्टिमेटम दिएको छ । सो सूचनामा यस्तो भनिएको छ प्रस्तुत विषयमा यस गाँउपालिका वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाँडी सडक, पश्चिममा लिटनाथ मालिकार्जुन मन्दीर, उत्तरमा बसपार्क र दक्षिणमा रोलेश्वर जनता आदर्श बुहमुखि क्यम्पस यति चार किल्ला भित्रको सरकारी जमीनमा १५ शैयाको अस्पताल निर्माण हुने भएकोले सो क्षेत्र भित्र रहेका घर टहरा हटाउन हुन भनी मिति २०७९।०८।२३ गते पुनः ७ दिने सूचना प्रकाशित गरिएको अवगत गराउदै दोश्रो पटक सार्वजनिक सूचना प्रकाशित गरिएको अवधि भित्र समेत सम्बन्धित व्यक्ति÷संस्थाहरूले आ–आफुले निर्माण गरेका संरचना नहटाएमा यस गाउँ कार्यपालिकाको कार्यालयले ति संरचनाहरू हटाउने र यसरी घर टहराहरु हटाउने क्रममा हुन सक्ने क्षतीको लागि यो गाउँपालिका जिम्मेवार नहुने स्पष्ट पारिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैलाई सूचित गरिएको छ ।
बेलडाँडीमा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीयहरुका अनुसार ग्रिनबेल्ट पुरै खालीगरिनु पर्ने माग अघि सारेका छन् । यस विषयमा गाउँपालिकाले आवश्यकता अनुसार खाली गरिने जनाएको छ ।
Discussion about this post