लालझाडी गाउँपालिका अध्यक्षका छोरा मृत अवस्थामा फेला

2.8k
VIEWS

लालझाडी,

कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा मृत अवस्थामा फेला परेका छन्।

अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना अहिले दिउँसो लालझाडी गाउँपालिका-२ स्थित जंगलको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।

भण्डारीका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ । अध्यक्ष राना भने काठमाडौंमा छन्।

खबर सुनेपछि उनी आइरहेको प्रहरीले जनाएको छ। राना ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएक

प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलीले अहिले घटनास्थल मुचुल्का तयार पारिरहेको छ। थप विवरण भने आउन बाँकी छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार