एमालेद्वारा भीमदत्त नगरमा विभिन्न माग राख्दै ज्ञापन

कञ्चनपुर,
नेकपा एमालेले कञ्चनपुरको भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

सोमबार एमाले भीमदत्त नगर कमिटिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो । नेकपा एमाले भीमदत्त नगरका उपसचिव नरेन्द्र सिह कार्कीले भीमदत्त नगरपालिका भित्र बेतिथि बढ्दै गएपछि सचेत गराउन ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार २० बुँदे ज्ञापन पत्र बुझाईएको छ । एमाले नगर अध्यक्ष एव नगरका निवर्तमान प्रवक्ता समेत रहेका हिमाल चन्दले नगर प्रमुख पदम बोगटीलाई २० बुँदे ज्ञापन पत्र बुझाएका छन ।

एमाले भीमदत्त नगरको ज्ञापन पत्रको पहिलो बुँदामै महाकाली नदी लगायतका विभिन्न खोला नालाको वातावरणीय प्रभा मुल्याङकन नगरी अवैध रुपमा नदिजन्य पदार्थ उत्ख्नन गर्ने कार्य गैर कानुनी भएको आरोप लगाईएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख अनुरुप महाकाली नदीमा निर्माणाधिन पुल कम्पनीबाट अशुःल्नुपर्ने रोयल्टी तत्तकाल अशुल्नुपर्ने माग अघि सारेको छ ।

कानुनी प्रकृया पुरा गरेर मात्रै उत्ख्नन गर्न माग अघि सारेको छ । भू उपयोग नीति कार्यान्वय गर्नुपर्ने, गत विगतका अधुरा योजना अघि बढाउनुपर्ने, क्षेत्रीय शहरी विकास आयोजना अन्र्तरगत मदन चोक ऐरीघाट, मझगाँउ विमान स्थल भन्दा अगाडी, राधाकृष्ण मन्दिर, डिभिजन वन कार्यालय क्षेत्रमा सडक विस्तार गर्नुपर्ने, चालु बर्षको बजेट वितरणमुखी भएको भन्दै बजेटमा पुर्नविचार, फोहोरमैला व्यवजस्थापन केन्द्र निर्माण, शिक्षा समिति गठन, संघीय, प्रदेश र स्थानीय तहको अनुदान तथा कार्यक्रम समान र आवश्यकताका आधारमा वितरण गरिनुपर्ने, महिला स्वास्थ्य स्वयसेविकाको सेवा सुविधा बृद्धि, सुकुमबासी आयोगको कामकाज अघि बढाउनुपर्ने, छाडा पशु चौपाया व्यवस्थापन गर्नुपर्ने, पुर्ववर्ती सरकारले अघि बढाएको योजना कार्यान्वयन गर्नुपर्ने, अनावश्यक रुपमा विभिन्न प्रकारका सल्लाहकार एव कर्मचारीको नियुक्तीले आर्थिक व्ययभार थपिएको हुँदा कानुन अनुरुप अघि बढ्नुपर्ने, नगरपालिकाको संस्थागत विकासलाई दुस्त दुरुस्त एव पारदर्शी बनाउनुपर्नेमा जोडदिएको छ ।

ज्ञापन पत्र बुझ्दै एमाले भीमदत्त नगरपालिकाले अघि सारेको जाजय माग सम्बोधन हुने तर, यस अघि एमाले नेतृत्वको सरकारका पालामा भएका सबै नदी उत्ख्ननदेखि सल्लाहकार नियुक्त सबै वैध हुन अहिले कसरी अवैध भन्दै प्रतिप्रंशन गरेका छन । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले एमालेले लगाउने आरोप मात्रै रहेको बताए ।

‘हामीले अवैध उत्ख्नन गरेका छैनौँ, ‘प्रवक्ता खडकाले भने, ‘यो त एमालेले लगाउने आरोप मात्रै हो, सबै कामकाज कानुन अनुरुप नगरको दिगो विकास र सम्बृद्धि अघि बढिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित