दोधारा प्राथमिक स्वाथ्य केन्द्रमा सेवा स्तरिय बन्दै

21
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको दोधाराचाँदनी प्राथमिक स्वाथ्य केन्द्रका सेवा स्तरिय बन्दै गएको एक अध्ययनले देखाएको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था निक साईमनले गरेको न्यूनतम आधारभूत स्तरिय सेवा बारे मापनमा दोधाराचाँदनी प्राथमिक स्वाथ्य केन्द्रका सेवा स्तरिय बन्दै गएको जनाएको छ ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दोधाराचाँदनी नगरपालिका ६ का वडाध्यक्ष ओम बस्नेतले निक साईमनले दोधाराप्राथमिक केन्द्रमा मास मिनिमम स्ट्याण्ड स्कोर मापन गर्दा स्वास्थ्य केन्द्रमा थुप्रै प्रगति भएकाले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सुधार भएपछि स्थानीय जनताले समेत स्तरिय स्वास्थ्य सेवा पाएको अध्यक्ष बस्नेतको भनाई छ । अध्यक्ष बस्नेतले थप स्तरिय सेवा सुविधाका लागि आफ्नो ठाँउबाट सक्दो प्रयास गर्ने बताएका छन ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुविधा विषयमा मगलबार सरोकारवालासंग छलफल गरिएको बताए । विद्यार्थी अवस्थादेखि नै अध्यक्ष बस्नेतले कञ्चनपुरको स्वाथ्य र शिक्षा क्षेत्रको बृद्धि विकासका लागि भूमिका निर्वाह गर्दै आएका थिए । अध्यक्ष बस्नेतले जिल्ला, नगरका स्वास्थ्य संस्था एव अस्पताल सुधारका लागि सरोकारवाला एकमत हुनुपर्नेमा जोडदिएका छन ।

कार्यक्तममा दोधाराचाँदनी नगरका निर्वतमान प्रमुख बीर बहादुर सुनार निक साईमन सहितका संघ सस्थालाई सम्मान गरिएको छ । वडाध्यक्ष ओम बस्नेतको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभा सदस्य बेल बहादुर राना प्रमुख अतिथि रहेका थिए । बिशिष्ठ अतिथिमा दोधाराचाँदनीका मेयर किशोर लिम्बु सहितका जनप्रतिनिधी, स्वास्थ्यकर्मी चिकित्सकको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार