बेलाैरी नगरपालिकाको प्रवक्तामा हर्क बहादुर भुल

42
VIEWS

बेलाैरी,
बेलौरी नगरपालिकाले अाज नगर प्रवक्ताको टुंगो लगाएको छ ।

स्थानीय नयाँ सरकार बनेको सात महिनापछि पालिकाले प्रवक्ताको टुंगो लगाएको हो । बेलौरी नगरपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य हर्क बहादुर भुल तोकिएका छन्।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकले प्रवक्तामा भुललाई नियुक्त गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।

पालिकाको बैठकले अाजै अन्य निर्णय समेत गरेको छ । नगर भित्रका घरहरूको नक्सांकन गर्ने, बेलौरी बजारमा ड्रेन निमार्ण ब्यवस्थापन गर्ने, ल्याब टेक्निसियन राख्ने र नगर बिकास स्थापनाका लागि पहल गर्ने निर्णयसमेत गरेको पालिकाले जनाएको छ । 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार