१५ शैया अस्पताल निर्माण स्थलमा रहेका घर टहरा हटाउने ७ दिने सूचनाको म्याद समेत सकियो, किन उठेनन् घर टहरा

बेलडाँडी,

बेलडाँडी गाउँपालिकाद्धारा १५ शैया अस्पताल निर्माणका लागि सरकारी जमिन निर्माण स्थलमा रहेका घर टहरा हटाउने ७ दिने सूचनाको म्याद समेत सकिदा घर टहरा उठेका छैनन् ।

बेलडाँडी गाउँपालिका वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाँडी सडक, पश्चिम लटिनाथ मालिकार्जुन मन्दिर, उत्तर बसपार्क र दक्षिण रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणको ठेक्का स्विकृत भई सम्झौता समेत भई सकेकोले अस्पतालको निर्माण कार्य सुचारु गर्न सो क्षेत्रभित्र रहेका घर टहरा हटाउन पालिकाले पटक -पटक सूचना निकाल्दा समेत उक्त क्षेत्र खालि गरिएको छैन् ।

पालिकाले मिति २०७९ साउन २६ गते ३५ दिने घर टहरा हटाउने सार्वजनिक सूचना जारी गरि गर्दा समेत १ सय २० दिन भन्दा बढी बित्दा समेत सो क्षेत्रमा रहेका घर टहरा हटेका छैनन् ।

बेलडाँडी गाउँपालिका क्षेत्र भित्र रहेको ७२ बिघा धेरै समय देखि अतिक्रमण हुँदै अाएको थियो । पछिल्लो समयमा पालिकाले अाफुलाई चाहिने जमिन क्रमिक रूपमा खालि गर्दै अाएको छ ।

बेलडाँडीमा १५ शैयाको अस्पताल बन्नु बेलडाँडी वासीका लागि साैभाग्य भएको स्थानीय बताउछन् । स्थानीय वासीका अनुसार ७२ बिघा जमिन नितान्त सरकारी भएकाले उक्त क्षेत्र भित्र सरकारी संरचना बन्नु राम्रो पक्ष भएको बताउछन् । १५ शैयाको अस्पताल निर्माणमा कसैले बाधा नपुयाउनु पर्ने उनीहरूको जोड छ ।

पालिकाले तोकोको क्षेत्र भित्र १० घर परिवार बस्दै अाएका छन् । जस मध्ये दुई परिवार सुकुम्बासी रहेका छन् भने अाठ परिवार ३६ साल देखिनै चलनभोग गर्दै अाएको उनीहरूले दावी गरेकन छन् ।

सो क्षेत्र भित्र बस्दै अाएका भैरब सिंह बिष्ट,कुम्भराज गिरी,लक्ष्मी जोशी,राजवंशी चाैधरी,शैलेन्द्र राना,लक्ष्मी गिरी,बुझाैना चाैधरी, नाम नखुलेका मडै, दमाई,मगर लगायतकाहरू बस्दै अाएको भैरब सिंह बिष्टले जानकारी गराउनु भयो ।

बिष्टका अनुसार अाफुहरू बसपार्क क्षेत्र भित्र बसेकाले अाफु सो क्षेत्र खालि नगर्ने बताउनु हुन्छ । उनका अनुसार अाफुहरूलाई खालि गर्ने भए पुरै ७२ बिघा जमिन खालि गर्नुपर्ने बताए ।

यस्तै राजवंशी चाैधरीका अनुसार अाफुहरूको व्यवस्थापन गरिदिनुपर्ने र छोड्नै परे ७२ बिघा भित्रका हुकुम वासीहरूलाई हटाउनु पर्ने र अाफुहरूलाई क्षतिपूर्ति सहित राहत दिनुपर्ने बताए । कुम्भराज गिरीका अनुसार कुनै पनि अवस्थामा अाफुरूले चलन भोग गर्दै अाएको जमिन छोड्न नसकिने बताए । पालिकाले अाफुहरूलाइ साैतेली व्यवहार गरिरहेको प्रति दु:ख व्यक्त गर्दै क्षतिपूर्तिको प्याज दिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

यस विषयमा बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले भने पालिका नियमानुसार अगाडि बढिरहेको बताउदै अस्पताल जस्तो संरचना महत्त्वपूर्ण संरचना भएकाले जसरी पनि निर्माण स्थल खालि गरिने । यस्ता संरचना निर्माणका लागि सबै पक्षले साथ दिईराखेको जनाउदै थप अन्य संग समेत सहकार्य गर्दै निर्माण कार्यलाई अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित