बेलडाँडीमा १५ शैया अस्पताल निर्माणका लागि ठाउँ खालि गरिदै

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले निर्माण गर्न लागेको १५ शैयाको अस्पताल निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउने कार्य सुरु गरिएको छ ।

बेलडाँडी गाउँपालिका कार्यालयले अाज सनिवार बिहान देखि डोजर लगाएर अतिक्रमित जग्गामा बनाइएका घर टहरा हटाउने कार्य शुरू गरेको छ ।

गाउँपालिकाले यस अघि साउनमा  ३५ दिने सूचना जारी गर्दै पूर्वमा चवन्नी बेलडाँडी सडकखण्ड, पश्चिममा लटिनाथ मालिकार्जुन मन्दिर, उत्तरमा बसपार्क र दक्षिणमा राैलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस गरी चार किल्ला भित्रको १ बिगाहा १७ कट्ठा बराबरको जग्गा खाली गर्न अनुरोध गरेको पालिका अध्यक्ष हरिश्चन्द्र रानाले बताउनु भयो ।

उनका अनुसार मंसिर २३ गते थप ७ दिने सूचना जारी गर्दै घर टहरा हटाउन सूचित गरिए पनि सरोकारवालाहरूले घर टहरा नहटाएपछि गाउँपालिकाले डोजर लगाएरै अतिक्रमित क्षेत्र खाली गराउन लागेको हो ।

१५ शैयाको अस्पताल निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको अवस्थामा भौतिक संरचना  बनाउन आवश्यक जग्गा तत्कालै खाली गराउनु पर्ने भएकोले गाउँपालिकाले उक्त कदम चालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित