बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले निर्माण गर्न लागेको १५ शैया अस्पताल निर्माणका लागि चलेको डोजरमा उपाध्यष नेतृत्वको टोलीद्धारा ढुङ्गा प्रहार गर्दा डोजरमा क्षति भएको छ ।
गाउँपालिकाले १५ शैयाको अस्पताल बनाउका लागि ठेका सम्झौता भइसकेकाले तोकेको ठाउँ खालि गराउने क्रममा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले असहमति मात्र होइन अतिक्रमित जमिन खालि गराउदा भिडियो खिच्नेहरुलाई समेत मारिदिने धम्की दिएका छन् । उनले लाइभ भिडियोमा डोजरको ढोका खोल्दै डोजर बन्द गर भनेर फर्किने बेला भिडियो बनाउनेहरुलाई मारिदिने धम्की दिएका हुन ।
उपाध्यक्ष नाथले आफ्नै पार्टीका नगर सचिव कुलैराज उपाध्यायले सो कार्य हुने बेला बनाइराखेको भिडियो बनाइ राख्दा के छ तेरो विचार भन्दै मोवाइल खोस्ने समेत प्रयास गरेका थिए । उनले पाचै वडाका वडाअध्यक्षहरुलाई पालिका कसरी चलाउदा रहेछौ भन्दै चेतावनी दिएका छन् ।
जिम्मेवारी सम्हालेको ७ महिना नवित्दै उपाध्यक्षले यस्तो कदम चाल्दा उनकैपार्टीबाट निर्वाचित वडाअध्यक्ष लगायत जनप्रतिनिधीहरु वाक्क भएका छन् । आज पालिकाद्धारा चलाइएको डोजरको सिसा फुटाएको विषयमा पालिकाले छानविन गरि दोषी माथी कार्वाही गर्ने जनाएको छ ।






















Discussion about this post