१५ शैया अस्पताल निर्माणका क्रममा विस्तापित भएका दुई सुकुम्वासी परिवालाई पालिकाले व्यवस्थापन गरेको ठाउँमा जान को बन्यो बाधक ?

बेलडाँडी,
१५ शैया अस्पताल निर्माणका क्रममा विस्तापित हुनपुगेका दुई सुकुम्वासी परिवारलाई पालिकाले बस्ने व्यवस्थापन गर्दा समेत उनलाई त्यहाँ जान रोकिएको छ ।

अस्पताल निर्माण क्षेत्रमा रहेका १० परिवार मध्ये दुई परिवार सुकुम्वासी भएको गाउँपालिकाले जनाउदै उनीहरुलाई अन्यन्त्रै व्यवस्थापन गर्ने पालिकाले जनाउदै आएको थियो । उनीहरुलाई तत्काल बस्न, खानका लागि बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको कर्बड हलमा बस्ने व्यवस्था मिलाउदा समेत उनीहरुलाई त्यहाँ जान रोकिएको छ ।

 

गाउँपालिकाले पटक-पटक उनीहरुलाई त्यहाँ ल्याउने व्यवस्था गर्दा गर्दै पनि उनीहरुलाई उस्काउदै आएका व्याक्तिहरुले व्यवस्थापन गरेको ठाउँमा जान दिइएका छैनन् । पालिकाले ग्रिन बेल्ट भित्र बसोबास गर्दै आएका अन्य सुकुम्वासी सरह उनीहरुको समेत त्यस्तै टाजोपाजो हुने गरि पालिका लागि परेको जनाउदै तत्काल उनीहरुलाई बस्ने, खाने व्यवस्थापन मिलाउदा समेत उनीहरु त्यहाँ नआइदिएको पालिका प्रमुख हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार आम बेलडाँडी बासीको पक्षमा काम गर्दा दुई परिवार मात्र सुकुम्वासी रहेको जनाउदै उनको व्यवस्थापन गरेरै छाड्ने बताउदै आएका थिए ।

 

केहि पालिका भित्रकै विकास विरोधी तत्वहरुले उनीहरुलाई उस्काइरहेको आसंका गरिएको छ । अन्य ग्रिन बेल्ट भित्र बसेकाहरु सरह सम्मानजन तरिकाले उनको व्यवस्थापन गरिने जनाएका छन् । आज भन्दा पहिला देखि उनीहरुले आफुहरुको व्यवस्थापन गरिदिए आफुहरुले ठाउँ छोडिदिने बताएका थिए । तर आज एकाएक उनीहरु व्यवस्थापन गरेको ठाउँमा जान मानेका छैनन् । पालिकाले उनले भने जस्तो व्यवस्थापन गरिदिएपछि उनका समस्या हल हुदा समेत उनलाई केहि व्याक्तिहरुले आफ्नो स्वार्थका निम्ति उस्काइ रहेको स्थानीय वासीहरुको भनाई छ ।

अध्यक्षले चालेको कदम स्वागतयोग्य भएको स्थानीयले बताएका छन् । बेलडाँडीमा १५ सैया अस्पताल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित