बेलडाँडी पालिका अध्यक्षले चालेको कदमको प्रतिपक्षदलद्धारा स्वागत, राम्रो कामको प्रशंसा गर्नै पर्छ ः अभिमान थापा

370
VIEWS

बेलडाँडी,
आज सनिवार बेलडाँडी गाउँपालिकाले १५ शैया अस्पताल निर्माणका लागि तोकेको ठाउँ खालि गरेको बिषयलाई प्रतिपक्ष दल एमालेले स्वागतयोग्य कार्य भन्दै प्रशंसा गरेको छ ।

नेकपा एमालेका नेता अभिमान थापाले बेलडाँडी गाउँपालिका अध्यक्ष लगायतको टोलिले चालेको कदम एकदमै सम्मान गर्ने कार्य भएको भन्दै स्वागत गरेका छन् । थापाका अनुसार स्थानीय सरकारले जनताको पक्षमा गरेका राम्रो कार्यलाई स्वागत गर्दै हातेमाले गर्ने बताएका छन् । उनका उनुसार स्थानीय विकासमा सबैपक्षको उत्तिकै साथ हुने भन्दै पालिकाले १५ शैया अस्पताल निर्माणका लागि अतिक्रमित जमिन क्रमिकरुपमा खालि गर्ने कार्य स्वागतयोग्य भएको जनाए ।

गाउँपालिका अध्यक्षको टिमले राम्रो काम गर्दा राम्रो भन्न सक्नु प्रतिपक्षको दायित्व समेत रहेकाले राम्रो कार्यमा एमालेको सधै साथ रहने उनले जनाए । आफ्नै उपाध्यक्षले उक्त कार्यमा बाधा पुर्याउदा समेत अध्यक्ष रानाको टिमले साहसीपुर्वक गरेको यो कार्यको देशव्यापी रुपमा सकारात्मक चार्चा भएको टिप्णी गर्नुभयो ।

स्थानीय सरकार संचालनमा केन्द्र र प्रदेश सरकारको जस्तो नुहने भन्दै सबैले राम्रो कार्यमा हातेमालो गर्ने र खराब कार्यको विरोध समेत गर्नसक्नु प्रतिपक्षको मुख्य दायित्व हुने हुदा जिम्मेवारी पुर्वक पार्टी लागि परेको बताए ।

अध्यक्ष हरिशचन्द्र रानाले चालेको कदमको यति बेला चौतर्फी चर्चा भइरहेको छ भने उपाध्यक्ष नाथको टोलीद्धारा सरकारी श्रोत साथमा गरिएको तोडफोडको आलोचना भइरहेको छ । बेलडाँडीमा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार