लालझाडीमा हात्ती आतंक रोकिएन, अहिले पनि नन्दगाउँ नजिकै हात्तीको बथान

लालझाडी,
पछिल्ला केहि बर्ष यता देखि नियमित हात्तीले मानव बस्तीमा आतंक मचाउदै आएको छ ।

 

लालझाडी गाउँपालिकामा पछिल्लो समय हात्तीले दैनिक आतंक मचाउदै आएको छ । अहिले पनि हात्तीको बथान लालझाडी गाउँपालिका वडा नं.३ नन्द गाउँ नजिकै हात्तीको बथान बस्ती पस्ने दाउँमा रहेको त्यहाँका युवा नेता तथा समाजसेवी अम्मर रानाले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार केहिदिन देखि जंगली हात्तीको बथानले किसानले लगाएको बालिनाली नोक्सान गर्नुका साथै वडा नं.४ डुङ्गा जाइका केहि घरटहराहरु भत्काइ दिएको बताए । नियमित हात्तीले बालीनाली नोक्सान गर्नुका साथै बस्तीमा त्रासको बातावरण बनाइ रहदा समेत सम्वन्धित निकायको ध्यान नपुगेको प्रति स्थानीयद्धारा दुःख व्यक्त गरेको जनाए । उहाँले हात्ती कतिबेला पनि बस्ती पस्न सक्ने भन्दै सबैलाई सावधानी पुर्वक बस्न आग्रह गर्नु भयो ।

हात्तीले मानव बस्तीमा धेरै क्षतिपुर्याउदा समेत न्यनिकरणको दिगो व्यावस्थापनमा कसैको ध्यान पुगेको छैन् । पछिल्लो समयमा बेलडाँडी,बेलौरी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट लगायतका क्षेत्रमा धनजनको क्षति पुर्याउदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित