प्रकाश सपूत र लक्ष्मी आचार्यको देउडा गीत “लाईहेल कालो टिको” सार्वजनिक (भिडियो सहित)

79
VIEWS

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपूत र लक्ष्मी आचार्यको नयाँ गीत “लाईहेल कालो टिको” सार्वजनिक भएको छ ।

सुदुरपश्चिमका पुराना लोकप्रिय देउडा गायक नरेन्द्रराज रेग्मीको शब्द संकलन रहेको गीतमा प्रकाश सपूत र लक्ष्मी आचार्यको स्वर रहेको छ । गीतलाई श्यामस्वयेत रसाइलीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

लक्ष्मी आचार्य अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन । भिडियोमा गायक सपूत, गायिका आचार्यका साथै हेमराज अधिकारीको अभिनय रहेको देख्न सकिन्छ । गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन ।

प्रकाश सपुतले आफ्नो स्वरमा पहिलो पटक सुदुरपश्चिमको चर्चित देउडा भाकामा गीत “लाईहेल कालो टिको” सार्वजनिक भएपछि फेसबुकमा स्ट्याट्स लेख्दै भनेका छन् । दोहोरी साझमा कार्यरत रहदा सबै खालका गीतहरु गाइयो अनौपचारिक रूपमा जानीनजानी देउडा खुब खेलीयो गाइयो तर यसरी अफिसियल रूपमा रेकर्ड भने नगरेको हुँदा पहिलो पटक आधिकारिक रूपमा सुदुरपश्चिमको देउडा भाकामा गीत गाएको बताएका छन् ।

उनले अगाडी लेखेका छन् यसपाली अग्रज नरेन्द्रराज रेग्मी ज्युको संकलन रहेको “लाईहेल कालो टिको” गीतलाई गायिका लक्ष्मी आचार्यले रि रेकर्ड गराई मलाई आवाज भर्ने अवसर दिनु भएको छ ।

सुदुरकै कलाकारले गाए जस्तो त पटक्कै नहुने रहेछ । यसलाई एउटा कोसिस र सांस्कृतिक सहिष्णुता सम्झेर स्विकारीदिनु होला भन्दै आग्रह गरेका छन् ।

गीतको भिडियो लिङ्क सहित  https://youtu.be/39olVfzLqY4

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार