विज्ञापन

लेस्टरलाई हराउँदै आर्सनल चौथो स्थानमा

0
VIEWS

काठमाडौं,

आर्सनलले प्रिमियर लिगमा आइतबार राति लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ ।

यस जितले आर्सनल अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्जेण्डर लाकाजेटले गोल गरे ।

खेलको ११ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए भने ५९ औं मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितपछि २६ खेलबाट ५१ अंक जोडेर आर्सनल चौथो स्थानमा उक्लिएको छ । लेस्टर ३३ अंकसहित १२औं स्थानमा छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार