संघ र प्रदेश सरकारमा जाने राप्रपाको निर्णय सरकारको न्युनतम साझा कार्यक्रम भने पर्खिने

काठमाडौं,
राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनको भनाइ छ । यद्यपि सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने कुर्नेछ । केही दिनभित्रै सरकारको न्यूनतम् साझा कार्यक्रम आउने अपेक्षा गरिएको भन्दै पाठकले त्यसपछि सरकारमा गइने बताए ।

सरकारमा सहभागी हुने कि नहुने भन्नेमा पार्टीभित्र बहस हुँदै आएको थियो । सोही बारेमा बैठकमा लामो छलफल हुँदा अधिकांश नेताहरूले सरकारमा गएर आफ्नो एजेण्डा स्थापित गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी हुने निर्णय भएको बताउँदै त्यसअघि न्यूनतम् साझा कार्यक्रममा पार्टीले उठाएका विषयहरू पनि सम्बोधन हुनुपर्ने आफूहरूको धारणा रहेको बताए ।

पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने, पृथ्वी नारायण शाहको तस्बिर अंतिक नोट सार्वजनिक गरिनुपर्ने, सो दिन सार्वजनिक बिदा दिइनुपर्ने, भ्रष्टाचारविरुद्ध विषयमा प्रभावकारी कदम चालिनुपर्ने लगायतका माग पार्टीको रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित