प्रदेशको दिगो विकासका लागि काम गर्छु ः सुप प्रदेश सभा सदस्य बिष्ट

धनगढी,
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह बिष्टले चुनावी प्रतिबद्धता अनुरुप जनपक्षीय काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

शुक्रबार धनगढी स्थित प्रदेश सभा हलमा सपथ ग्रहण लगेपछि संचारकर्मीलाई प्रतिकृया दिर्दै प्रदेश सभा सदस्य बिष्टले जनअपेक्षा अनुरुप प्रदेशको दिगो विकास र सम्बृद्धिका पक्षमा काम गर्ने बताए ।

संविधान सभा सदस्य समेत रहेका बिष्ट कञ्चनपुर क्षेत्र १(ख)बाट निर्वाचित भएका हुन । प्रदेश सभा सदस्य बिष्टले यस अघि संसद भएका बेला क्षेत्रमा अघि बढाएका विकास निर्माणका कामकाज योजना अघि बढाएर क्षेत्रको विकास गर्ने प्रण गरेका छन । काँग्रेसबाट मुख्यमन्त्रीकै रुपमा प्रबल दाबेदार बिष्टले पार्टी सरकारमा गए मुख्यमन्त्री नगएको अवस्थामा शसक्त प्रमुख प्रतिपक्षीय भएर सरकारका गलत काम रोक्दै सृजनात्मक काममा जुट्ने बताएका छन ।,

बिष्टले शपथ लिएकैदिन जन्मदिनको समेत साईत जुरेको छ । उनका समर्थकहरूले भेटेर,फोन, सामाजिक संजालमा बधाई तथा शुभकामना दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित