बुटवल उपमहानगरपालिका अन्यपालिकाहरुका लागि प्रेणाको श्रोत बन्दै, दैनिक कार्यारम्भ गरिनुपुर्व राष्ट्रिय गान

बुटवल,
नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उपमहानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेको उपमहानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको थियो।

 

नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको थियो ।

पछिल्लो एक बर्ष यता यो उप-महानगरपालिका अन्य पालिकाहरुका लागि प्रेणाको श्रोत बन्दै गएको छ । यस उपमहानगरपालिकाले कार्यालयमा एकरुपता ल्याउनका लागि र सेवाग्राहीहरुलाई समयमै सेवा दिनका लागि १० बजे भन्दा अगावै सम्पुर्ण कर्मचारीहरु हाजिर भइसक्नुका साथै दैनिक कार्य प्रारम्भ गर्नुपुर्व लाइनबद्ध भई राष्ट्रिय गान गाइने बुटवल उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार पालिका संगै जोडिएको ईलाका प्रहरी कार्यालयको १० बजेको घण्टीलाई मध्यनजर गर्दै लाईनमा उभिने, राष्ट्रिय गान अनि प्राथानाका साथ कार्यारम्भ गरिने जनाउनु भयो ।

यस कार्यले सबैपक्षमा फाईदा हुने हुदा यो कार्य सबैले गरे राम्रै हुने वहाँले बताउनु भयो । यस कार्यले कर्मचारी समयमै नियमिति हाजिर हुने, ड्रेस लगाएको नलाएको हेर्न मिल्ने र ड्रेस लगाउनु पर्छ भन्ने कर्मचारीहरुमा बोध गराउने, आपतकालिन सूचना दिन सजिलो हुने, अन्य सूचना जानकारी गराउन राम्रो हुने, कर्मचारीहरुको मनोवल उच्च पार्नको लागि दैनिक शुभकामना आदान प्रदान गर्न मिल्ने, कर्मचारीको राम्रो कार्यमा थप हौसला प्रदान गर्न हुने, राष्ट्रिय गानको भाव जाग्ने र सेवा ग्राहीहरुले समेत समयमै सेवा पाउने हुदा यस कार्यले सबैलाई राम्रो गरेको उहाँले बताउनु भयो ।

राष्ट्र सेवक कर्मचारी हुने तर राष्ट्रको निम्ति सिमिति कार्यक्रममा मात्र राष्ट्रिय गान गाइने हुदा सबै तहका कर्मचारीहरुमा राष्ट्र भाव थप पैदा भएको बताए । यस दैनिकी कार्यमा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत समेत समाले हुने तर यी बाहेसक अन्य सबै कर्मचारीहरुले अनिर्वाय उपस्थिति रहने रुल भएको जनाए । आफुहरुले यस्ता जनउत्तरदायी कार्यले कार्यालय सञ्चालनमा धेरै सहिजो भएको अधिकृत पन्थीले बताउनु भयो । यसमा जनप्रतिनिधीहरुले समेत राम्रो साथ दिदै आएको वहाँको भनाई छ । बुटवल उपमहानगरपालिका अन्तरगत हाल ४११ कर्मचारी रहेको जनाउदै उपमहानगरपालिकामा हुने विषयगत शाखाका कर्मचरी लगायतका हरु दैनिकी रोलकल जस्तै हाजिर हुने गरेका छन् ।

 

उनले थपे “कार्य सम्पादमा जिल्ला भर एकरुपता ल्याउनका लागि रुपन्देही जिल्ला भित्रका १६ वटा पालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतहरुको कम्तिमा महिनाको एक पटक बैठक बस्दै आएको बताए । यस्ता बैठकले अप्ठेरो परेको बिषयमा छलफल गरी सहजिकरण गराउने, आत्मियता बढाउने, अनुभव आदान प्रदान गरी राम्रो अभ्यासलाई आत्मसाथ गरी आफ्नो पालिकामा लागु गर्ने, पालिका प्रमुखहरु संग समन्वय गरी राम्रो जनपक्ष कार्यमा लाग्ने प्रेणा समेत मिल्ने वहाँले बताउनु भयो ।”

यस्तो कार्यको देशभर राम्रो प्रशंसा भइरहेको छ । अन्य पालिकाहरुका लागि पनि बुटवल उपमहानगरपालिका प्रेणाको श्रोत बनेको छ । यस बाट अन्य देशभरका पालिकालहरुले राम्रो पाठ सिके सेवा ग्राहीहरु र कर्मचारीहरु बिच दुरी कम हुने निश्चित हुने सेवाग्राही हरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित