पुनर्वास,
डोकेबजारको बाैद्ध थर्पालिंग क्षेम्बो गुम्बामा शुक्रबारदेखि ५ दिने धर्म दर्शना तथा बिपासना कार्यक्रम सुरु गरिएको छ ।
पुनर्बास नगरपालिका वार्ड न ११ डोकेबजारमा रहेको बौद्ध थर्पालिंग थेक्पा क्षेम्बो गुम्बामा हिजो देखि ५ दिने धर्म दर्शना तथा बिपासना कार्यक्रम सुरु भएको हो ।
मंसिर पुर्णिमा देखि १ महिना लामो गुफा ध्यान बसी ७ जना लामा गुरुहरुले हिजो गुफा ध्यान सम्पन्न गर्नुहुदै र सोहि गुफा ध्यान सम्पन्न पश्चात् एक कार्यक्रम गरि अाज देखि बौद्ध धर्म ग्रन्थ त्रिपिटक पाठ अर्थात ५ दिने धर्म दर्शना कार्यक्रम हुने भएको छ ।
पुनर्बास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख अातिथ्यमा वार्ड नं. १० र ११ का वडा अद्क्ष्य द्वय तुलसी अर्याल बिनोद तथा सुकदेव रानाका साथै बिभिन्न गुम्बा बाट प्रतिनिधित्व गरेका बौद्ध गुरुहरु तथा समाजसेबी बुद्धिजीबीहरू अतिथि रहेका थिए ।
उक्त कार्यक्रम बोल्दै नगरप्रमुख शर्माले सबै धर्म समान रहेको र आफुले आफ्नो कार्यकाल अवधिमा सबै क्षेत्रलाई समेटेर बिकास निर्माणका काम हरुमा जोड दिने बताउनु भयो ।
यस ५ दिने धर्म दर्शना कार्यक्रममा मुख्य धर्मगुरु साधक क्षेतेन नोर्गेको मुखार बिन्दु बाट भगवान गौतम बुद्धका दिब्य उपदेशहरु को प्रबचन हुने अायोजकले जनाएको छ ।
बिगत ३ बर्ष देखि लगातार यस क्षेत्रमा पुर्णिमाको अवसर पारेर गुरु क्षेतेन नोर्गे बाट यस्तो कार्यक्रम निरन्तर हुनेगरेको गुम्बा अदक्ष्य भिम बहादुर स्यंग्दानले बताउनु भयो ।
हामी पुनर्बास बासिले लालमोहर लगाएर हजुरलाई त्यस निकाय सम्म पुर्याएका छौं अब हजुरकै पालामा हामीले हाम्रो पुनर्बास लाइ समृद्ध पुनर्बास बनाउने सपना देखेका छौ उक्त सपना पूरा गरिदिन अाग्रह गर्नु भयो ।
साथै अाज देखि ५ दिन सम्म हुने प्रबचनमा सम्पूर्ण वडा बासिहरुमा प्रबचन स्रवनको लागि उपस्थित भइदिन हुन समेत अनुरोध गर्नु भयो ।
Discussion about this post