निकुञ्ज कार्यालयले खोल्ने भनिएको खरखडाई केहिदिनका लागि स्थगित

बेलडाँडी,
निकुञ्ज कार्यालयले २७ गते देखि खरखडाई गर्ने सूचना स्थगित गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले यही पौष २४ गते देखि पुर्जी काट्ने र २७ गते देखि २९ गते सम्म खरखडाई गर्ने सूचना सार्वजनिक गरेपछि जंगली हात्तीले कलागाैंडी क्षेत्रमा आतंक मचएको कारण देखाउदै खरखडाई स्थगित गरेको मध्यवर्ती क्षेत्रका समितिहरुलाई जानकारी गराएको छ ।

जंगली हात्तीको झुण्डले मानवबस्तीमै गएर आतंक मचाउदै गरेकाले हात्ती अन्यन्त्रै नजाउन्जेल सम्म खरखडाई गर्ने बेला समस्या हुन सक्ने भन्दै स्थगित गरेको बागेश्वरी उपभोक्ता समितिका का.वा. अध्यक्ष मोहन प्रसाद बडुले जानकारी गराउनु भयो ।

वहाँका अनुसार अहिले आतंक मचाउने हाक्तीको बथान निकुञ्ज तिर भएकाले खरखडाई गर्न समस्या हुने भएकाले सबैको सावधानीका लागि यो उपयुक्त निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित