बस्नेतलाई ‘सिक्सडन’ ग्राण्ड माष्टर

59
VIEWS

कञ्चनपुर,
तेक्वान्दोका खेलाडी हेम बहादुर बस्नेतले ‘सिक्सडन ग्राण्ड’ माष्टर बेल्ट पाएका छन ।कञ्चनपुर महेन्द्रनगरमा बस्नेतले ‘सिक्सडन ग्राण्ड’ माष्टर बेल्ट पाएका हुन ।

फाईभ डन बस्नेतलाई हालै काठमाण्डौँमा नेपाल तेक्वान्दो संघले गरेको गेटिङ्गमा ‘सिक्सडन ग्राण्ड’ माष्टर बेल्ट दिएको हो । लामो समयदेखि तेक्वान्दोका खेलाडी समेत रहेका बस्नेतले ‘सिक्सडन ग्राण्ड’ माष्टर बेल्ट पाएसंगै महाकाली अञ्चलकै सिनियर खेलाडीभित्र पर्छन ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भान ब. चन्द, महासचिव दिपराज गुरुङ्गले बस्नेतलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

भीमदत्त नगरपालिका १८ का वडा सदस्य समेत रहेका तेक्वान्दोका प्रशिक्षक बस्नेत खेलक्षेत्रमा उकालोमा छन । उनलाई भीमदत्त नगरका मेयर पदम बोगटी सहितका जनप्रतिनिधी, खेलाडीले समेत बधाई तथा स्वागत गरेका छन । उनले आफ्नै निजी जिमहाउस तेक्वान्दो दोजान खोलेका छन ।

फ्लोरिया, ग्लोबल,नवप्रतिभा, सार्क सहितका विद्यालयमा प्रशिक्षण गराईरहेका छन । तेक्वान्दो संघ भीमदत्त नगर अध्यक्ष, जिल्ला उपाध्यक्ष र प्रदेशको सदस्य समेत रहेका बस्नेतले खेल क्षेत्रको विकासका लागि काम गर्दै आएका छन । तेक्वान्दो संघ कञ्चनपुरको प्रशिक्षण हल निर्माण उपभोक्ता समितिको अध्यक्ष भएर समेत बस्नेतले काम गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार