सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त

धनगढी,
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र सिंह रावल नियुक्त भएका छन् ।

२९ सांसदको समर्थन सहित बुधवार साँझ  दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावलले एमालेसँगै माओवादी केन्द्र, नागरिक उन्मुक्ति  र राप्रपा गरी २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ । जसमा मुख्यमन्त्री रावलले  एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १  सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त भएका हुन  ।

२९ सांसद सहित रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले रावललाई मुख्यमन्त्रीको प्रमाण पत्र प्रदान गरेका छन् । भने अव रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नु पर्ने छ ।

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

मओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन । र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित